आर्थीकसंसार संवाददाता६ साउन, २०७८
६ साउन, २०७८काठमाडौं । राष्ट्र बैंकले यसअघि कार्यान्वयनमा ल्याएको मार्जिन लेन्डिङको ४/१२ को तल्लो सीमा खारेज गरेको छ । शुक्रबार आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको पहिलो सीमा खारेज गर्दै अन्तिम सीमा १२ कायम गरिएको जनाएका हुन् ।
यस्तो सुविधा अव लगानीकर्ताहरूले जुनसुकै बैंकबाट पनि १२ करोडसम्म सेयर कर्जा पाउने छन् । यसअघि एक व्यक्तिले एक संस्थाबाट ४ करोड र सबै संस्थाहरूबाट गरी १२ करोड रुपैयाँसम्म मात्र कर्जा सुविधा पाउँथे ।