काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स कम्पनीको एकिकृत कारोबार शुरू भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीबीच एकिकृत कारोबार शुरू भएको हो ।
गत वैशाख २२ गते निर्जीवन बीमा कम्पनीहरू एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो हो । कम्पनीको नाम हिमालयन एभरेष्ट रहने भएको छ । नयाँ कम्पनीको कर्पोरेट लागो पनि सार्वजनिक गरेको छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स १००ः ८५ मा गाभिएका हुन् । एकिकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । कम्पनीकाे ३ अर्ब २५ करोड प्रिमियम र ७५ वटा शाखा हुनेछन् । यस्तै, कुल कर्मचारीको संख्या ४४४ रहेनछ ।
दुई इन्स्योरेन्स मर्जर पश्चात बीमा क्षेत्रकै एउटा सबल र विश्वसनीय कम्पनीको रुपमा स्थापित हुने कम्पनीको दावी छ । कम्पनीका अनुसार यस मर्जरले कम्पनीको पुँजी वृद्धि हुने र जोखिम बहन क्षमता अभिवृद्धि हुनुको साथै लगानी समेत अभिवृद्धि हुनेछ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो
आर्थीकसंसार संवाददाता१ साउन, २०७९
१ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो