News Portal

  • कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ असार, २०७९
    ५९१ पटक
    १६ असार, २०७९

    काठमाडौं । कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सफलतापूर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानव संशाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।
    शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।


    कुमारी जबका प्रबन्ध निर्देशक श्री सन्देश भण्डारीले भन्नुभयो “नेपालको मानव संशाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छौं र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरी सङ्गठनको समग्र उत्पादकत्वमा पनि बृद्धि हुन्छ ।”
    एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाइदा लिन सक्छ भन्ने उद्देश्यले प्रशिक्षणमा सहभागी भएको एक सहभागीले बताउनुभयो । प्रशिक्षणमा सहभागी भएर आफूले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको उहाँले बताउनुभयो । साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागिले बताउनुभयो । प्रतिष्ठित संस्थाहरुबाट आउनुभएका अनुभवी र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र उहाँँहरुको अनुभवबाट पनि अझै धेरै कुरा जान्ने र बुझ्ने मौका मिलेको सहभागीहरुले बताए । प्रशिक्षण अन्तरक्रियामुलक, जानकारीमुलक र रमाइलो भएको उनीहरुको प्रतिक्रिया थियो ।
    तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । इच्छुक व्यक्तिहरूले https://tinyurl.com/ytpuj4frdf मा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ । ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । एच् आर ट्रेनिङको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्