काठमाडौं । नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा आज जेठ ३० गते सोमवार हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । उक्त पूँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।
साथै सभाले संस्थापक शेयरधनीहरुबाट दुई जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना गरी चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
नेपाल इन्स्योरेन्सको साधारण सभा आज, के-के छन् एजेण्डा ?
आर्थीकसंसार संवाददाता३० जेठ, २०७९
३० जेठ, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न