आर्थीकसंसार संवाददाता२० जेठ, २०७९
२० जेठ, २०७९काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ ।
पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ ।
उक्त पुनर्जागरण अभियान जेठ २० गतेदेखि असार १५ गतेसम्म संचालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परिक्षण गर्नुपरेमा मेडिकल फि कम्पनीले व्यहोर्ने जनाएकाे छ ।