काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा १८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा ६९ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५८ करोड ९२ लाख रुपैयाँ थियो । नियामकीय समायोजन पछिको मुनाफा भने ५४ करोड ७१ लाख रुपैयाँ मात्रै छ ।
मुनाफा बढे पनि प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर ४ रुपैयाँमा झरेको छ । अहिले बैंकहरुले १० प्रतिशत भन्दा माथि व्याजदर दिइरहेका छन् । बैंकको मुनाफा तथा आम्दानी हेर्यो भने बैंकले दिने व्याजदर भन्दा पनि कम देखिन्छ । बैंकले बोनस शेयर दिएर चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुग्याएको छ । जगेडा कोषमा भने एक अर्ब ४० करोड रुपैयाँ छ ।
बैंकको खुद व्याज आम्दानीमा भने उल्लेख सुधार देखिन्छ । बैंकले चैत मसान्त सम्ममा ३८ प्रतिशतले बढाएर एक अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अन्य बैंक वित्तीय संस्थामा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा गरेको छ । त्यस्तै कर्जा लगानी भने ११ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
नेपाल इन्फ्राष्ट्रक्चरको मुनाफा १८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी व्याजदर भन्दा पनि कम
आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
७ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?