काठमाडौं । ११ औं स्थापना दिवसको अवसरमा सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । बैंकले धुलिखेलमा रहेको सञ्जीवनी कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम संचालन व्यस्थापन संकायको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । बैंकको ब्यवस्थापनमा संचालित सेञ्चुरी क्यापिटल मार्केटका डिपि एसोसिएट्स विनय अधिकारी र पोर्टफोलियो व्यवस्थापन प्रमुख अञ्जु महर्जनले विद्यार्थीलाई हितग्राही खाता संचालन, मेरो शेयर, प्राथमिक तथा दोश्रो बजारमा शेयर कारोबार र लगानी ब्यवस्थापन सम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरु ७० जनाको उपस्थिती रहेको थियो । सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
बैंकको कुल शाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २६ वटा शाखा रहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सेन्चुरी बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
२६ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो