आर्थीकसंसार संवाददाता१८ फागुन, २०७८
१८ फागुन, २०७८काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो ।
कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०। ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
नेकोको लाभांश सुरक्षित गर्ने फागुन ३० गते सोमबार अन्तिम दिन रहेको छ । नेकोले साधारणसभा तथा लाभांश प्रयोजनार्थ चैत १ गते बुक क्लोज गर्दैछ । त्यसैले फागुन ३० गते नेप्सेमा कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।