काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् । अर्थमन्त्री जनार्दशन शर्माको अनुपस्थितिमा कार्कीले टेबल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा अन्य दलका संसादहरुको अवरोधकाबीचमा पनि मन्त्री कार्कीले अर्थमन्त्री शर्माको तर्फबाट संझौता टेबल गरेका हुन् । एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको बताएका थिए।
आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेका थिए । २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो । प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन् ।
सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसीसी संसद बैठकको कार्यसूचीमा परेको हो । अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ । त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।
संसदमा एमसीसी टेबल
दर्ता भएको ३२ महिना
आर्थीकसंसार संवाददाता८ फागुन, २०७८
८ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो