काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा मुद्दती खाता खोल्न सकिने, नि:शुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र सावाँ तथा ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ । यस्तै जुनसुकै उमेर समूहका व्यक्तिले याे खाता खोल्न सक्ने बैंकले जनाएकाे छ ।
बैंकले भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी हुने जनाएकाे छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो निक्षेपको ६ गुणा हुने मुद्दती खाता
आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
२३ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने