काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । संस्थाले पहिलो चरणमा माघ २५ गतेसम्म निष्काशन गर्नेछ । संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता मध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता सामुहिक लगानीकोष म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डका लागि सुरक्षित गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ताका लागि भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।
सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५२२० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सर्वसाधारण तर्फको ४ लाख ८७ हजार ९०० कित्ताबाट ४७ हजरा ७९० जनाले मात्रै १०/१० कित्ता शेयर प्राप्त गर्ने भएकाले १० कित्ता भन्दा धेरैको आवेदन दिनु पर्ने देखिदैन । साविकका आइपिओ निष्काशनका २२/२३ लाख भन्दा धेरैको आवेदन पर्ने गरेको थियो । आवेदकले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीइ संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्नेछन् ।
प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ६७.३७ प्रतिशत र सर्वसाधारण समुहको ३२.६२ प्रतिशत हुनेछ ।
जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपिओ निष्काशन गर्दै
आर्थीकसंसार संवाददाता
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने