आर्थीकसंसार संवाददाता७ माघ, २०७८
७ माघ, २०७८काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
खड्गीले १६ वर्षका लागि जीवन बीमा गराएकोमा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो उनको बीमा गराएकी थिइन् ।