आर्थीकसंसार संवाददाता८ पुष, २०७८
८ पुष, २०७८काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले इलाम नगरपालिका–९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका–५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कोरोना संक्रमणको कारण उनीहरुको मृत्यु भएको थियो ।
इन्स्योरेन्स कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार ५ सय र तामाङको परिवारलाई ५ लाख ८२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हालसम्म इलाम शाखाले एक करोड २० लाख रुपैंयाँ भन्दा बढीको मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।