काठमाडौं । ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।
उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।
अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नुपरेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नुपरेमा सहज रुपमा निःशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित नयाँ खाता सञ्चालनमा
आर्थीकसंसार संवाददाता२ पुष, २०७८
२ पुष, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो