आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
१६ कार्तिक, २०७८काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश चार वर्षयताकै उच्च हो । बैंकको हाल १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हालसम्म वाणिज्य बैंकहरुले घोषणा गरेको मध्येको सबैभन्दा उच्च लाभांश हो ।