काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका छन् । कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
सपथ ग्रहण कार्यक्रममा बीमा कम्पनीका दुई सञ्चालक मदन पोखरेल र नवराज मुडवारीको उपस्थिति थियो । त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीको उपस्थिति थियो । बीमामा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका प्राध्यापक हुन् । बीमा समितिको अध्यक्ष पदका लागि दुई पटक प्रयास गरेका घिमिरेलाई अन्तत सरकारले पुनर्बीमाको अध्यक्षको जिम्मेवारी दिएको छ । बीमा क्षेत्रमा राम्रो ज्ञान भएका घिमिरेले समयसमयमा लेख तथा विश्लेषण सार्वजनिक गर्दै आइरहेका छन् । पुनर्बीमाको क्षेत्रमा पनि राम्रो ज्ञान भएका घिमिरेले नेपाल पुनर्बीमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
शपथ ग्रहण कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै बिज्ञको प्रवेश भएको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए । नवनियुक्त अध्यक्ष घिमिरेले बधाई ज्ञापन गर्दै आफ्नो अध्ययन अनुभव र क्षमताले भ्याएसम्म उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसका लागि बीमा समितिको साथ र सहयोगको अपेक्षा गरेको उल्लेख गरेका थिए ।
नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेको शपथ
आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७८
१२ कार्तिक, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल बैंकको नगद लाभांश घोषणा
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न