News Portal

  • नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न

    १९ प्रतिशत नगद लाभांश पारित

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    १३७६ पटक
    १८ असोज, २०७८

    काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (रु.२०,००,००,०००/- चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३,८०,००,०००/-) कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ ।
    साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ । कम्पनीको साधारण सभा आज मिति २०७८/०६/१८ गतेका दिन इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्