काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो ।
क्यानले विज्ञप्तिमार्फत कोरोना बीमा गरिएको जनाएको हो । दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो । कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरेको हो ।
क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु. १ लाख बराबरको कोराना बीमा गरेको हो । महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ ।
यसैबीच क्यानले केही समय अघि क्रिकेट खेलाडीको डेढ वर्षदेखि रोकिएको पारिश्रमिक उपलब्ध गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पत्र पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको सूची पठाएको हो । लामो समयदेखि रोकिएको पारिश्रमिक खेलाडीले चाँडै पाउने क्यानले बताएको छ । पारिश्रमिकका लागि क्यानले तीन श्रेणीमा खेलाडी विभाजन गरी सूची आईसीसीलाई पठाएको अध्यक्ष चन्दले जानकारी दिए ।
क्रिकेट संघद्वारा ५१ जनाको कोरोना बीमा
आर्थिकसंसार संवाददाता८ भदौ, २०७७
८ भदौ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?