News Portal

  • माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ्गको मालपोत कार्यालयमा

    आर्थीकसंसार संवाददाता५ साउन, २०७८
    ८६४ पटक
    ५ साउन, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो ।
    साउन ५ गतेबाट सञ्चालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका थिए ।
    माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।
    बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।

    प्रतिकृया दिनुहोस्