News Portal

  • सेञ्चुरी बैंकको थप दुई शाखा बालाजु र गौरीघाटमा

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७७
    १९१२ पटक
    १८ फागुन, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो ।
    बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा १२२ पुगेको छ । त्यस्तै, बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
    देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्