News Portal

  • मोलुङ्ग हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन सम्झौता

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७७
    १६५२ पटक
    १८ फागुन, २०७७

    काठटमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौं (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १००/– अंकित दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाइएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि सनराइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
    साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौंमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।
    मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी सञ्चालनमा रहेको छ । मिति २०७७/१०/२५ गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णयपश्चात शेयर संरचनाअन्तर्गत जारी पुँजीमा ५६% अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,००० कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने जानकारी गराइयो ।

    प्रतिकृया दिनुहोस्