News Portal

  • सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफे एन्ड लाउन्जमा छुट पाउने

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७७
    १६२४ पटक
    १७ फागुन, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्ज बारमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्