News Portal

  • उपत्यकाको टेम्पोमा मेगा बैंकको क्यूआर कोड सेवा

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७७
    १६७३ पटक
    १७ फागुन, २०७७

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ ।
    काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।
    काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ । टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्