News Portal

  • सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौताको पुनः नवीकरण

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७७
    १८७३ पटक
    १४ फागुन, २०७७

    काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको हो ।
    सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरे ।
    सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग गर्दै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।
    सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्