News Portal

  • सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७७
    १६७३ पटक
    १४ फागुन, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सोसम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ ।
    बैंक र त्रिसारा रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरुले त्रिसामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्गमार्फत खाना तथा बेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।
    बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्तो सम्झौता गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्