News Portal

  • लुम्बिनी विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७७
    ८७२ पटक
    १० फागुन, २०७७

    काठमाडौं । इजी लिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सोमबार रेमिट्यान्स सम्झौता भएको हो ।
    उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
    सो सम्झौतापछि अब इजी लिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफरमार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने छ ।
    यसका साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजारभन्दा धेरै सहायक प्रतिनिधिहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पु¥याउन यो सम्झौताले थप सहज हुने इजी लिंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

    प्रतिकृया दिनुहोस्