News Portal

  • प्राइम लाईफका विभिन्न भुक्तानीहरु स्वचालित रुपमा लाभग्राहीको खातामा जम्मा हुने

    आर्थीकसंसार संवाददाता८ फागुन, २०७७
    १२८३ पटक
    ८ फागुन, २०७७

    काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले शुक्रबारबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ ।
    यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको बताइएको छ । हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ । यस व्यवस्थाको सुरुवातसँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुने विश्वास लिएको छ ।
    प्राइमलाईफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमाशूल्क (प्रिमियम)को संकलन हाल अनलाइनमार्फत कनेक्ट आइपीएसबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भइसकेका छन् ।
    एनपीआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । जसमा हाल ६१ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपीरपिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ५१ गैरबैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

    प्रतिकृया दिनुहोस्