News Portal

  • ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    १८९२ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् ।
    सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्गमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने छन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्वित गर्दै आएको छ ।

    बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्