News Portal

  • साधना लघुवित्तमा रोजगारी अवसर

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७७
    १३५२ पटक
    ६ फागुन, २०७७

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आप्mनो योग्यता पुगेका जो कसैले मिति २०७७/११/११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
    दरखास्तवालाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।
    गोरखा नगरपालिका–६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्