News Portal

  • एनएमबि बैंकको कृषि बजारमा क्यूआर कोडबाट कारोबार सुरु

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १९३१ पटक
    ३ फागुन, २०७७

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।
    विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलसहित विर्तामोड नगरपालिका–५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देल, एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरुलगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

    प्रतिकृया दिनुहोस्