News Portal

  • कुमारी बैंकका ग्राहकले टाइटन जिम एन्ड फिटनेसमा छुट पाउने

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    २१४५ पटक
    ३ फागुन, २०७७
    काठमाडौं । कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्यसम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यका साथ उक्त कम्पनीसँग सम्झौता गरेको हो ।
    यस सम्झौताअन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत, तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने प्रावधान छ ।
    कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यस सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्