News Portal

  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा भेडीयामा

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७७
    ११३४ पटक
    २२ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ ।
    बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द्र शाहलार्ई नियुक्त गरेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत ए.टि.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्