News Portal

  • नेपाल टेलिकमले फाइभजी सेवामा लैजानुपर्छः मन्त्री पार्वत गुरुङ

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७७
    ७२२ पटक
    २२ माघ, २०७७

    काठमाडौं । नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानका निम्ति तयारी गर्नुपर्ने बताएका छन् ।
    नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।
    फोरजी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समीक्षा गर्दै फाइभजी तर्फ जानुपर्ने आवश्यकता रहेको मन्त्री गुरुङको भनाइ छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन मन्त्री गुरुङले आग्रहसमेत गरे ।
    मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनको भनाई छ । मन्त्री गुरुङले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने र कर्मचारीहरुले फिल्डमा जान मन नगरेको अवस्थामा कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
    संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पूरा गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । कर्मचारीको वृत्ति, विकास र हकहितमा मन्त्रालयले ध्यानदिने भए पनि कर्मचारीको मागहरु व्यक्ति केन्द्रीत नभई टेलिकम र सेवाग्राहीको हितमा केन्द्रित पनि हुनुपर्ने मन्त्री गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्