News Portal

  • नेपाल बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

    आर्थीकसंसार संवाददाता२१ माघ, २०७७
    १९८४ पटक
    २१ माघ, २०७७

    काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् ।
    बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका छन् ।
    नेपाल बैंकले हाल देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईलरईन्टरनेट बैंकिङ्गलगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्