News Portal

  • सिद्धार्थ बैंकका अध्यक्ष केडियाले पद तथा गोपनीयताको सपथ लिए

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    २६१३ पटक
    १८ माघ, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत माघ १६ गते अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका केडियाले नयाँ कार्यकालको लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ लिएका हुन् ।
    केडिया यसअघि पनि २०७३ फागुन ५ गतेदेखि २०७७ माघ १६ गतेसम्म बैंकको सञ्चालक समितिको अध्यक्ष रहँदै आएका थिए ।
    केडियाले केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रालि, वृज सिमेन्ट इन्डष्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट प्रालि, स्टिलस् प्रालि, एशियन कनक्रेटो प्रालि, वृज ग्लास इन्डष्ट्रिज प्रालि, केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रालिलगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध सञ्चालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्