News Portal

  • ग्लोबल बैंकको नगदरहित भुक्तानी कार्यक्रम सुरु

    आर्थीकसंसार संवाददाता९ माघ, २०७७
    १७७९ पटक
    ९ माघ, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।
    नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
    बैंकले २६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४० एटीएम, २४४ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत)मार्फत २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्