News Portal

  • कृषि बैंकले मागेको कर्मचारी विज्ञापनको आवेदन शुल्क खल्तीबाटै तिर्न सकिने

    आर्थीकसंसार संवाददाता९ माघ, २०७७
    १०२८ पटक
    ९ माघ, २०७७

    काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ, जसमा आवेदन दिन चाहनेले खल्तीबाटै पैसा तिर्न सक्ने भएका हुन् ।
    कृषि विकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छन् ।
    कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप
    ‘खल्ती’ एप यो यसबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस्