News Portal

  • देशभर थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता६ माघ, २०७७
    ८२० पटक
    ६ माघ, २०७७

    काठमाडौं । आज थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्