News Portal

  • मुक्तिनाथ विकास बैंकको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२६ पौष, २०७७
    १२४६ पटक
    २६ पौष, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित १५.५०७४ प्रतिशत लाभांश पारित भएको छ । पुस २५ गते सम्पन्न विकास बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयरसहित १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    विकास बैंकको १४औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको हो । बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्