News Portal

  • सांग्रिला बैंकले प्रोफेशनल कर्जा दिने

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ५१९ पटक
    २४ पौष, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।
    सो सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ । साथै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनहरुलाई सो हस्पिटलमा उपचार गराउँदा विशेष छुट पनि पाउने छन् ।
    हस्पिटल र बैकबीच आयोजित कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र नेपाल अर्थोपेडिक हस्पिटलका मेडिकल डाइरेक्टर डा। युवराज खरेलले हस्ताक्षर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्