News Portal

  • उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ६३१ पटक
    २१ पौष, २०७७

    काठमाडौं ।काठमाडौं । आज थप ५ सय २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमा महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या ३ सय ३८ छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९३ जना महिला र १ सय ३९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २२ हजार २ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्