News Portal

  • रिलायन्स लाईफको शेयरधनी बीमा अभियान सार्वजनिक

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १५४१ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ ।
    जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम भएको हुनाले कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको पहुँचभित्र समेट्ने अभियान चलाउन लागेको जनाएको छ । २०७४ साल मंसिर १ गतेदेखि औपचारिक कारोबार सुरु गरेको कम्पनीले तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा राजधानी तथा मोफसलमा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक तथा सर्वसाधारण दुवै समूहका शेयर सदस्यहरुका बीचमा बीमा योजना लिएर पुग्ने कम्पनीले जनाएको छ । उक्त अभियानअन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकास र सुरक्षा)अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत समेत बुझ्न सकिने जनाएको छ ।
    कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी एक शेयरधनी एक बीमालेख अभियानमा सबै शेयर सदस्यहरुलाई सहयोग गर्नसमेत आग्रह गरेको छ । चौथो वार्षिकोत्सवकै अवसरमा कम्पनीले हिजो ललितपुरको पाटनमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

    प्रतिकृया दिनुहोस्