News Portal

  • एसबिआईको ९.४७ प्रतिशत लाभांश घोषणा

    आर्थिकसंसार संवाददाता५ मंसिर, २०७७
    ११३४ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट चुक्ता पुँजीको ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
    मंसिर ४ गते बसेको बैंक सञ्चालक समितिले सेयरधनीलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त प्रस्तावित लाभांश अघिल्लो आव २०७५÷७६ को तुलनामा कम हो । तर बोनसदर भने बराबर रहेको छ । बैंकले उक्त वर्षको नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश (६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद) वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्