News Portal

  • मुक्तिनाथ बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ द्वारा पुरस्कृत

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७७
    १३९६ पटक
    ५ मंसिर, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ बाट पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिताको लागि बैंक उक्त उपाधिबाट पुरस्कृत भएको हो ।
    संस्थाले प्रदान गरेको सेवाको प्रभावकारिताले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ को प्रथम पुरस्कारबाट पुरस्कृत गरेको हो ।
    यो ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १/१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।
    मुक्तिनाथ बैंकको ४२ जिल्लामा रहेका १३८ वटा शाखाहरुमध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ्गअन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहनु भएको छ भने यो क्षेत्रमा रु. १७ अर्बभन्दा बढी लगानीमा रही रहेको छ ।

    प्रतिकृया दिनुहोस्