News Portal

  • सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०७७
    १२७० पटक
    ४ मंसिर, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण भएको हो ।
    सो सूचीकरण सम्बन्धी बैंक र नेप्सेबीच सम्झौता भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत उक्त ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको उक्त ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका थिए भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्