News Portal

  • आपूर्ति मन्त्री भट्टद्वारा आयल निगमको प्रादेशिक डिपोको शीलान्यास

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७७
    १५७८ पटक
    २७ कार्तिक, २०७७

    पोखरा । नेपाल आयल निगमले देशका सातवटै प्रदेशमा निर्माण गर्ने पेट्रोलियम पदार्थको प्रादेशिक भण्डारण केन्द्रको शीलान्यास आपूर्ति मन्त्री लेखराज भट्टद्वारा शीलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले कार्तिक २७ गते प्रादेशिक भण्डारण केन्द्रको शीलान्यास गरेका हुन् ।
    शीलान्यास कार्यक्रममा मन्त्री भट्टले पेट्रोलियम पदार्थ देश समृद्धिसँग जोडिएको बताएका छन् । उनले देशको दोस्रो ठूलो डिपो पोखरालाई नमुना डिपोको रूपमा विकास गरिने बताए । ‘पेट्रोलियम पदार्थ देशको सुरक्षासँग जोडिएको छ, विकाससँग पनि जोडिएको छ । त्यसैले यो परियोजनालाई महत्व दिएका छौं । निर्धारित समयमै परियोजना सम्पन्न गर्छौं, ‘उनले भने, ‘पोखराको भण्डारण डिपो देशको दोस्रो ठूलो डिपो हो । यसले गण्डकी प्रदेशका साथै अरू प्रदेशको आपूर्तिमा पनि सघाउनेछौं । यसलाई हामीले नमुना डिपो बनाउँछौं ।’, उनले भने । उनले नेपाल आयल नियमले सुरक्षाका निर्धारित मापदण्ड पुर्याएर आयोजना सम्पन्न गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्