News Portal

  • किशोर प्रधानले उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    २०१२ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न हुन गइरहेको निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । देशैभरीबाट चयन भएका कार्यकारिणी समितिका सदस्यहरुको मतदानमार्फत वरिष्ठ उपाध्यक्ष चयन हुनेछ ।
    सोमबार राजधानीका पत्रकार सम्मेलन गर्दै प्रधान समूहले महासंघको कार्यालय टेकु पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । पत्रकार सम्मेलनमा आगामी निर्वाचनपछि स्वतः अध्यक्ष बन्दै गरेका र हालका उपाध्यक्ष शेखर गोल्छासमेत सहभागी छन् । पूर्व अध्यक्ष कुशकुमार जोशीको समर्थनमा वरिष्ठ अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका प्रधानले वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिलाई आधिकारिक उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् । यसअघि गत कार्तिक ४ गते नै अर्का प्रत्यासी चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्