News Portal

  • पूर्वगभर्नर नेपालको पिताको नाममा स्मृति पुरस्कार स्थापना

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १९४९ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । नेपाल प्रहरीले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जिवि नेपालका स्वर्गीय पिता कुलानन्द ठाकुर नेपालको नाममा पुरस्कार स्थापना गरेको छ ।
    नेपाल प्रहरीले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट २०१५ सालमा लिएको प्रहरी निरीक्षकको परीक्षामा स्वर्गीय नेपाल लिखित तथा परीक्षणमा प्रथम भएका थिए । पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट लिइएको परीक्षामा सर्वप्रथम भएका स्वर्गीय नेपालको नाममा नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रतिष्ठानले ‘कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ स्थापना गरेको छ । सो पुरस्कारको रासी ५० हजार रुपैयाँ नगद र कदरपत्र रहेको छ । अबदेखि नेपाल प्रहरीले खुल्ला प्रतिस्पर्धाबाट लिने परीक्षामा सहभागी भएर प्रथम स्थान हासिल गर्ने प्रहरी निरीक्षकले यस्तो पुरस्कार पाउने छन् । सो अक्षयकोषमा पूर्वभगर्नर डा. नेपालले पनि रकम प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्