News Portal

  • एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एक सय रकम थपिने

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    ११६४ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने भएको छ । बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना आम ग्राहकहरु सामु ल्याएको हो ।
    यस योजनाअन्तर्गत दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । यो योजना यस बैंकमा आवद्ध ग्राहकहरूलाई विजया दशमी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने उल्लेख छ । यस योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्