News Portal

  • उन्नती लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १४५६ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाद्वारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रुपन्देही योगीकुटीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । लघुुवित्तले बुटवल–११, देवीनगर रुपन्देहीका ४० वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको थियो । सो मृत्यु भएकोमा उनकी श्रीमती कल्पना थापा क्षेत्रीलाई बीमा बापत १ लाख रुपैयाँ प्रदान गरेको हो ।
    मृतक थापाकी श्रीमतीलाई उन्नती बिकासपथ महिला समूह केन्द्र नं. २७ का सम्पूर्ण सदस्यलगायत केन्द्र सञ्चालक संजयकुमार भर, कर्मचारी सरोज पाण्डेसहितको उपस्थितिमा शाखा प्रबन्धक बसन्ती खत्रीले ग्राहक सदस्यकै घरमा पुगी रकम हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्